बुधबार, श्रावण २०,२०८३ 05:02:17
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:02:17
Bizshala
Global IME Bank Limited

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको चुनावी खर्च रु.२८ लाख

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको चुनावी खर्च रु.२८ लाख
New Office

काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी सार्वजनिक गरेका छन् ।  

पौडेलले रुपन्देही–२ बाट उम्मेदवार हुँदा गरेको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । विवरणमा उनले २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको देखिएको छ ।  

पौडेलले निर्वाचन प्रचार–प्रसार, सवारी साधन प्रयोग, छपाइ तथा विभिन्न कार्यक्रम सञ्चालन लगायतका शीर्षकमा खर्च भएको विवरण पेश गरेका हुन् ।

विवरणअनुसार मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ खर्च गरिएको छ भने सवारी साधन भाडा तथा इन्धनमा ६ लाख ४६ हजार २४२ रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी छपाइ तथा विद्युतीय माध्यममार्फत प्रचारप्रसारमा ५ लाख ३८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै चुनावी सामग्री छपाइमा ९ लाख ५० हजार रुपैयाँ खर्च भएको देखिएको छ । गोष्ठी तथा कार्यकर्ता परिचालन लगायतका गतिविधिमा समेत विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ । प्रतिनिधि परिचालन तथा कार्यालय सञ्चालनमा समेत खर्च भएको विवरणमा देखिएको छ ।

पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । उनी  रास्वपाका उम्मेदवार सुलभ खरेलसँग पराजित भएका हुन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गरी निर्वाचित भएका थिए भने पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरेका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.