बिहीबार, असार ११,२०८३ 07:24:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:24:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताए । अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौं । मूल्यवृद्धिलाई सिमाभित्र राख्न सफल भएका छौं ।’

New Office
CG Motors
Garima Development Bank

सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरु चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाई छ । उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरु सरकारको कामको परिमाण भएको समेत दाबी गरे ।  ‘बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,’ उनले थपे, ‘ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।’

गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजश्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पूँजीगत खर्चको दायरा समेत बढेको छ । यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाई छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्चरुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए । अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए ।

भेटका क्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले सरकार अन्तरनिकाय समन्वयमा कमजोर देखिएकाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन् । यस्तै, पूँजीगत खर्च वृद्धिमा जोड दिनुपर्ने तथा वैदेशिक लगानी भित्र्याउन थप मेहनेत गर्नुका साथै ‘कन्ट्रि रेटिङ’मा पाएको सम्मानजनक रेटिङको सदुपयोग गर्दै आर्थिक सुधारको उपाएको खोजि थाल्नुपर्ने बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.