काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र नेप्सेमा सूचीृकत भएको हो ।
नेप्से र आईसिएफसि फाइनान्सबीच ७ वर्ष अवधि भएको रु.१ हजार अंकित दरका कुल ३ लाख कित्ता ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत फगाुन १५ गतेको निर्णयानुसार यो ऋणपत्र सूचीकरण गरिएको हो ।
यससँगै आजबाट नेप्सेमा उक्त ऋणपत्रको कारोबार सुरु भएको छ । कम्पनीले आरटीएस सेवाका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।