आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि कम्पनीको २१ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ...

