सोमबार, माघ १४,२०८१ 10:24:15
IME remit
  • सोमबार, माघ १४,२०८१ 10:24:15
IME remit
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
आईसिएफसि फाइनान्सको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ९ गतेदेखि ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता भएको ७वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १  लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।  

Muktinath Bikas Bank Limited

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि गत पुस १६ गते सेबोनबाट स्वीकृती पाएको थियो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.