काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि कम्पनीको २१ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

