बुधबार, माघ ९,२०८१ 12:29:47
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:29:47
IME remit
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन आजदेखि

Hyundai Nepal
आईसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन आजदेखि
Nabil Bank Limited

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले आजदेखि ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता भएको ७वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १  लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।  

Muktinath Bikas Bank Limited

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि गत पुस १६ गते सेबोनबाट स्वीकृती पाएको थियो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.