काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी २०७५ असोज ९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको आज २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।