मंगलवार, भाद्र १६,२०८३ 12:19:58
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 12:19:58
Bizshala
Global IME Bank Limited

आईसीएफसी फाइनान्सले घोषणा गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश

आईसीएफसी फाइनान्सले घोषणा गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश
New Office

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

फाइनान्सको भदौ १६ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको ३७२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ।

Bizshala
CG Motors

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ छ। त्यसका आधारमा फाइनान्सले सेयरधनीलाई कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस हुनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले लाभांशसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराइसकेको छ। यसको बोधार्थ नेपाल राष्ट्र बैंकका सम्बन्धित विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डलाई समेत पठाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.