फर्स्ट माइक्रोफाइनान्सले ११.०५२६ प्रतिशत नगद लाभांश दिने, बोनस सेयर छैन
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको असोज २७ गते मंगलबार अपराह्न बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।

