सोमबार, बैशाख ७,२०८३ 12:09:43
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:09:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

Bizshala
गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक
Shivam Cement

काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । यो बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो ।  

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकको सञ्चालक समितिले गरेको यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको कतिपय लचक व्यवस्थाका कारण वाणिज्य बैंकहरुको वासलातमा अघिल्लो वर्षको तुलनामा सुधार भएको थियो । परिणामस्वरुप अधिकांश बैंकहरुको लाभांश क्षमता बढेको थियो । यही क्रममा माछापुच्छ्रेको पनि लाभांश क्षमता बढेकै कारण ८ प्रतिशत लाभांश घोषणा भएको हो । 

CG Motors
Garima Development Bank
IME remit

आर्थिक वर्ष २०८०/८१ मा बैंकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा चाहिँ बैंकले १३.३० प्रतिशत बोनस सेयर दिएको थियो ।  

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित हुँदा बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत थियो ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.