माछापुच्छ्रे बैंकले सेयरधनीलाई 'दशैंखर्च' दिने, सञ्चालकको भत्ता समेत बढ्ने
काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ । दशैंअघि नै घोषित लाभांश वितरणको उद्देश्यले बैंकले असोज १० गतेका लागि आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको हो ।