आईतवार, असार २२,२०८२ 06:59:45
  • आईतवार, असार २२,२०८२ 06:59:45
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?

Hyundai Nepal
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।  

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि आधारदरमा ०.५% प्रिमियम ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ । यस्तै तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याज दरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ  । यसका साथै, उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ । उल्लेखित अफरहरु भदौ ३१ गतेसम्म लागू हुनेछन् ।  

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.