मंगलवार, बैशाख ८,२०८३ 02:33:43
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:33:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?

Bizshala
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।  

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि आधारदरमा ०.५% प्रिमियम ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ । यस्तै तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याज दरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ  । यसका साथै, उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ । उल्लेखित अफरहरु भदौ ३१ गतेसम्म लागू हुनेछन् ।  

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.