बिहीबार, चैत्र २१,२०८१ 03:30:26
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:30:26
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीजिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत चैत ८ गते एक औपचारिक कार्यक्रमकाबीच निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो । शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नपा वडा नं.०६का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसँग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै बैंकका महाप्रबन्धक प्रसिद्ध राजअर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालयको अवस्था  अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै साहीकार्यक्रममाबोल्दै विद्यालयव्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताए ।  

१८०० भन्दा बढि विद्यार्थी र ३५ जनाशिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था  निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालयतथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको जनाएको छ । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरुमध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.