काठमाण्डौ । माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ ।
उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरेको हो । SXC SANDBOX एक आइटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना भएको थियो, जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिन्छ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाका लागि आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्न आवश्यक अवसर प्रदान गर्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपिएको बैंकको विश्वास छ ।