काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
उक्त अवधिको नगद लाभांश हालसम्म पनि केही सेयरधनीहरुले नलिएकाले काठमाण्डौको बाघदरबारस्थित जेडिए कम्प्लेक्सको तल्लो तलामा रहेको बैंकको सेयर विभागमा सम्पर्क गनै बैंकले सूचित गरेको छ ।
बैंकले यसका लागि एक महिनाको समय दिएको छ । निर्धारित समयभित्र नलिएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।