काठमाण्डौ । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नपा–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो ।
विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जनाएको छ । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत उक्त विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                