काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले असोज ३० गते शुक्रबार वार्षिक साधारणसभा गर्ने भएको छ। सभा तथा लाभांश प्रयोजनका लागि असोज १९ गते सोमबार एक दिन सेयरधनी दर्ता किताब बन्द गरिनेछ।
कम्पनीको सूचनाअनुसार असोज १६ गते शुक्रबारसम्म सेयर खरिद गरी आफ्नो नाममा नामसारी गराएका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।