शनिबार, फाल्गुन १०,२०८१ 08:27:13
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:27:13
IME remit
Global IME Bank Limited

नेशनल लाइफले सेयरधनीलाई बनायो मालामाल, दोश्रो बजारमा लगानी गर्नेले समेत २१ गुणाले सम्पत्ति बढाए

Hyundai Nepal
नेशनल लाइफले सेयरधनीलाई बनायो मालामाल, दोश्रो बजारमा लगानी गर्नेले समेत २१ गुणाले सम्पत्ति बढाए
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा क्षेत्रकै उच्च बोनसदर रहेको नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई समेत उच्च प्रतिफल बाँड्दै आइरहेको छ ।  

सन १९८८ मा स्थापना भएको कम्पनीले ३६औं वर्ष दौरानमा आफ्ना बीमित, कर्मचारीका साथै सेयरहोल्डरलाई समेत उचित लाभांश वितरण गर्दै आइरहेको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत गराई आफ्ना बीमितहरुका लागि सार्वजनिक गरेको नयाँ बोनसदरमा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म निर्धारण गरेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले कायम गरेको अधिकतम बोनसदर बीमा क्षेत्रकै सर्वाधिक बोनसदर हो । फ्युचर बोनस प्रोभिजनिङको बावजुद पनि कम्पनीले यसअघि निर्धारण गर्दै आइरहेको उच्चतम बोनसदरलाई स्थिर राख्ने लोभलाग्दो सफलता पाइरहेको देखिन्छ।  

नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम फ्युचर बोनस प्रोभिजनिङ गर्दा अधिकांश जीवन बीमाको बोनसदर घटेपनि नेशनल लाइफले भने फ्युचर बोनस प्रोभिजनिङको बावजुद पनि उच्च बोनसदर नै कायम गर्न सफल भएको हो ।  

आफ्ना बीमितको हितका लागि सदैव उच्चतम बोनसदरमा केन्द्रीत रहँदा कम्पनीले सेयरहोल्डरलाई समेत प्रत्येक आर्थिक वर्षको मुनाफाबाट उच्च प्रतिफल बाँड्दै आइरहेको छ ।  

आर्थिक वर्ष २०४६/४७ देखि सेयरधनीलाई लाभांश वितरण गर्दै आइरहेको नेशनल लाइफले शतप्रतिशतसम्म लाभांश बाँडेको डिभिडेन्ड हिस्ट्री देखिन्छ ।  

३६ वर्ष इतिहासमा कम्पनीले दुई आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई हकप्रद समेत जारी गरेको थियो । आव २०६४/६५ मा शतप्रतिशत र आव २०७२/७३ मा ६० प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।  

कम्पनीले आफ्ना बीमा व्यवसायमा उल्लेख्य प्रगति गर्दै प्रत्येक आवमा सेयरधनीहरुलाई उत्कृष्ट लाभांश बाँडेको छ । आव २०४६/४७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको नेशनल लाइफले चार आर्थिक वर्षसम्म नगद लाभांश बाँडेपछि आव २०५०/५१ मा ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  

त्यसपछि कम्पनीले आव २०५८/५९ सम्म पुनः लगातार नगद लाभांश बाँडेपछि आव २०५९/६० मा डिभिडेन्डको रुपमा निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्समा शतप्रतिशत सेयर लगानी गरेको थियो ।  

कम्पनीले सर्वसाधारणलाई समेत सेयर बिक्री गरेपछि धितोपत्र दोस्रो बजारमा सेयर सूचीकृत भएको थियो । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा कम्पनीको सेयर २०६८ साल पुष २४ गते सूचीकृत भएपछि कारोबारमा आएको थियो ।  

दोस्रो बजारमा समेत कम्पनीको सेयर कारोबार हुनथालेपछि कम्पनीको हालको सेयर संरचना संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत छ । नेशनल लाइफको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि कम्पनीले आफ्ना सेयरधनीलाई उत्कृष्ट बोनस सेयर र नगद लाभांश वितरण गर्दै आइरहेको छ ।  

नाफा बुकसँगै सेयरधनीलाई उत्कृष्ट बोनस सेयर  

सन् २०१२ देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएको थियो । कम्पनीको सेयरभाउ प्रतिकित्ता ३४२ रुपैयाँमा खुलेको थियो । सन् २०१६ मा कम्पनीको सेयरभाउ बढेर ३६७६ सम्म पुगेको थियो । जुन यो हालसम्मकै हाई मूल्य हो । दोस्रो बजारमा सूचीकृत पश्चात् तीनवर्षको अन्तरालमा कम्पनीका सेयरधनीहरुले ९७४.८५ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका थिए ।  

२०६८ पुष २४ गते नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि कम्पनीले आव २०६७/६८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सेयरभाउबाट उत्कृष्ट नाफा बुकसँगै लगानीकर्ताहरुले ३० प्रतिशत बोनस सेयर पाएका थिए ।  

त्यसयता कम्पनीले आव २०६८/६९ मा भने आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर बाँडेको थियो । आव २०६९/७० मा भने कम्पनीले ५५ प्रतिशत बोनस सेयरसँगै १७.५० प्रतिशत नगद लाभांश समेत बाँडेको थियो ।  

पछिल्लो केही वर्षयता कम्पनीको लाभांशदर घटे पनि नेशनल लाइफले आफ्ना सेयधरनीहरुको हात खालि भने बनाएको छैन । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको रिजर्भ फण्ड, जीवन बीमाकोष र महाविपत्ती कोषमा रकम छुट्याउनुपर्ने व्यवस्था र फ्युचर बोनस प्रोभिजनको व्यवस्था गरेपनि नेशनल लाइफले भने आफ्ना बीमित र सेयरधनीहरुलाई निराश बनाएको देखिँदैन ।  

आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट अधिकांश बीमा कम्पनीले आफ्ना सेयरधनीको हात रित्तो बनाउँदा नेशनल लाइफले भने सोही आवको मुनाफबाट ४ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा भदौ ७ गते बस्दैछ । सोही साधारण सभाले सेयरधनीलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  

दुई महिनायता बढ्न थालेको सेयरबजारमा नेशनल लाइफका सेयरधनीहरुले ४३ प्रतिशत नाफा बुक गर्न सफल भइसकेका छन् । असार महिनाको पहिलो सातामा कम्पनीको सेयरभाउ ५१८ रुपैयाँको हाराहारीमा रहेकोमा भदौको पहिलो सातासम्म आइपुग्दा ७४५ रुपैयाँ पुगेको छ ।  

यसअर्थ नेशनल लाइफका सेयरधनीहरुले विगतका वर्षहरुमा उत्कृष्ट बोनससँगै सेयरभाउबाट समेत उत्कृष्ट नाफा बुक गर्न सफल भएका छन् ।  

यदि एउटा लगानीकर्तासँग नेशनल लाइफको हजार कित्ता सेयर छ भने उसले दुई महिनामै ४३ हजारसम्म नाफा बुक गरेको छ । साथै हजार कित्ता सेयरसँगै ४ प्रतिशत बोनस सेयरको दरले सो लगानीकर्ताले थप ४० कित्ता सेयर प्राप्त गर्छ । यदि हालकै सेयरभाउमा उक्त बोनस सेयर मापन हुने हो भने उक्त लगानीकर्ताले थप २९ हजार रुपैयाँ प्राप्त गर्नसक्छ ।  

यसरी दुई महिनाको अन्तरालमा सो लगानीकर्ताले ४३ हजार नाफा बुक र बोनस सेयरको २९ हजार गरी ७२ हजार सम्म प्रतिफल पाउनेछ ।  

लगानी गर्नेले कति पाए ?

यदि नेशनल लाइफको दोश्रो बजारमा सेयर कारोबार भएको समयदेखि नै कसैले यो कम्पनीको सेयर खरीद गरेर आजको मितिसम्म राखेको भए लगानीको कति गुणा प्रतिफल पाउथ्यो होला ।  

उदाहरणका लागि यो कम्पनीको सेयर कारोबार खुलेको दिन प्रतिकित्ता ३४२ रुपैयाँ मूल्य तोकिएको थियो । त्यहीबेला यदि कसैले १०० कित्ता किनेको भए उसले ३४ हजार २०० रुपैयाँ लगानी गर्ने थियो ।  

उसले अहिलेसम्म पर्खिएर बसेको भए कति रिटर्न पाइसकेको हुन्थ्यो होला त । आर्थिक वर्ष २०६७-६८ पछि कम्पनीले घोषणा गरेको लाभांशको इतिहास हेर्दा र सोहीअनुसार हिसाब गर्दा त्यसबेला १०० कित्ता किन्नेको कित्ता मात्रै बढेर ०७९-८० सम्म आइपुग्दा ९७७.४२११ कित्ता हुने रहेछ । यसरी १२ वर्षको अन्तरालमा १०० कित्ता करिब १० गुणाले बढिसकेको छ।

यो अवधिमा १०० कित्ता लगानी गर्नेले कम्पनीले बीच बीचमा नगद लाभांश समेत घोषणा गरेकोले २४ हजार ५२४ रुपैयाँ त नगदकै रुपमा पाइसकेको देखिन्छ ।  

दोश्रो बजारको पछिल्लो मूल्यलाई हेरेर हिसाब गर्ने हो भने ०६८ पुस २४ गते नेशनल लाइफको १०० कित्ता सेयरमा लगानी गर्नेले गरेको ३४ हजार २०० रुपैयाँ लगानी अहिले सेयरकित्ताबाट मात्रै ६ लाख ९३ हजार रुपैयाँको उचाईमा पुगिसक्थ्यो । त्यसमा नगद लाभांश २४ हजार ५२४ समेत आएको आधारमा हेर्दा लगानी करिब २१ गुणाले बढेको देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.