काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको असोज २२ गते साँझ ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो ।
घोषणाअनुसार बैंकले ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ लाभांश बाँड्नेछ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।