काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको हो ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पू“जीको १५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा ‘एस.ए.आर.एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।
चुक्तापू“जी एक अर्ब अठार करोड चौतीस लाख रहेको कम्पनीले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिदैं आएको छ ।
साथै, संस्थाले चालु आवको असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

