काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १३ गतेसम्म निष्कासन भएको ७ वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र माघ २० गते बाँडफाँड भएको हो ।
यो ऋणपत्रमा जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । जसमध्ये स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोलाप्रथा विधिद्धारा ४ हजार ५६० जना आवेदकहरुलाई १ लाख १४ हजार कित्ताऋणपत्र बाँडफाँड गरिएको छ ।
कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।
यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको थियो ।