काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको रु. १ हजार अंकित मूल्य भएको ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
यस विषयमा नेप्से र कम्पनीबीच सम्झौता समेत सम्पन्न भएको छ । उक्त ऋणपत्र चैत २२ गते को निर्णयानुसार सूचीकरण भएको जनाइएको छ ।
उक्त ऋणपत्र दोस्रो बजारमा चैत २४ गतेबाट कारोबारमा आउनेछ । सूचीकरणपश्चात कम्पनीको आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल हुनेछ ।

