काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । कम्पनीले ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
कम्पनीले प्रति कित्ता रु.१ हजार अंकित दरका कुल ५ लाख इकाई निष्कासन गर्नेछ । जसमा ३ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २ लाख कित्ता आम सर्वसाधारणमा जारी गरिनेछ ।
कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

