मंगलवार, आश्विन २८,२०८२ 03:24:51
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:24:51
IME remit
Global IME Bank Limited

एकाएक किन घट्यो सेयर कारोबार ? ब्रोकर जिम्मेवार कि, छ अन्य कुनै कारण ?

Hyundai Nepal
एकाएक किन घट्यो सेयर कारोबार ? ब्रोकर जिम्मेवार कि, छ अन्य कुनै कारण ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा एकाएक कारोबार रकममा व्यापक गिरावट आएको छ । बढ्दो बजारमा कारोबार रकम घट्नुलाई त्यति शुभ संकेतका रुपमा लिइदैन । लगानकिर्तामाझ पछिल्लो सयम कारोबार रकममा आएको कमी स्वभाविक हो कि ? वा अन्य कुनै कारणले सुनियोजित रुपमा घटाइएको हो ? भन्ने मुख्य प्रश्नको रुपमा देखिएको छ ।  

हालसम्मकै उच्च कारोबार भएदेखि सेयर कारोबार ५३ प्रतिशतले घटेको छ । गत साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँबराबरको किर्तिमानी कारोबार भएको थियो । त्यस पछि लगातार ६ वटा कारोबार दिनमा कारोबार रकम घटेको थियो । भदौ २ गते २८ अर्ब हाराहारीमा सेयर काराबार भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस पछि भदौ ५ गते १० अर्बले कारोबार घटेर १९ अर्बमा सीमित बनेको थियो । तर आज बुधबार भने औषत भन्दा तल झरेर करिब १४ अर्बको मात्रै कारोबार भएको छ । यसरी एकाएक सेयर कारोबार घटेपछि बजारमा एउटा जमातले ब्रोकरहरुले लगानीकर्ताहरुलाई दिइने लिमिटमा टाइड गरेको बताउँदै आएका छन् । एकै दिन ३० अर्ब सेयर कारोबार भए पछि धितोपत्र बोर्डले सबै ब्रोकरलाई पत्र पठाएर हिसाब मागेको थियो । त्यस पछि भने ब्रोकरहरुले पनि लगानीकर्ताहरुलाई दिइने लिमिटमा केही कसिलो नीति लिएका थिए ।  

कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) का सञ्चालक तथा स्टक ब्रोकर एसोशियसनका पूर्व अध्यक्ष भरत रानाभाटले घट्दो बजारमा भोल्युम घट्नु स्वभाविक नै रहेको बताँउछन् । ‘बढ्दो बजारमा हिसाब मिलान गर्न पनि सहज हुन्छ । बजार घट्न थाले पछि नयाँ पैसा आउँदैन । बजार घट्न थाले पछि कारोबारी पनि पछाडि हट्छन्’, उनले भने, ‘हामीले पनि ग्राहकबाट लिएर नै दिनु पर्छ । ब्रोकरले लिमिट टाइड गरे भन्ने भाष्य गतल हो । हामीले सधैंनै टाइड गर्नु पर्छ र गर्छौं पनि ।’

रानाभाटले सेयर किनबेच गर्न ग्राहक स्वतन्त्र हने र अहिले नै किनेकाले बेच्न नसकिरहेको बताए । उनले भने, ‘बजारमा अबसर देख्ने बित्तिकै फेरी कारोबार बढ्छ ।’  

रानाभाटले अहिले नै बजारलाई प्रभावित गर्ने गरि ब्रोकरबाट पैसा भने नबाहिरिएको दाबी गरे । सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे घट्दो बजारमा कारोबार घट्नुलाई स्वभाविक मान्छन् । ‘लगानीकर्ता निस्क्रिय हुँदा कारोबार पनि घटेर जान्छ । बजार बढ्न थाले पछि फेरि कारोबार पनि बढेर जान्छ,’ घिमिरे भन्छन् ।

अर्का सक्रिय लगानीकर्ता टेकेन्द्र थपलिया भने धितोपत्र बोर्डले हिसाब मागे पछि ब्रोकरहरुले केही कसिलो नीति लिन थालेको तर्क गर्छन् । उनले ब्रोकरहरुले कारोबार घटाउने कामको तानाबाना बुनेको दाबी गरे । ‘ब्रोकरहरुले लगानीकर्तालाई असहयोग गर्दा, लिमीट नदिंदा, बाँकी उठाउनतिर लाग्दा  अहिले बजारमा कारोबार सुकेको छ,।’ उनले भने ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.