काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आफ्नो ४३ औं वार्षिक साधारण सभा डाकेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ७५ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।