काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेले)धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।
जसमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा ,११ वटा निर्जीवन बीमा, ६ वटा लगानी समूह, २ वटा उत्पादन समूह, २५ वटा जलविद्युत र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।
धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पुरा गरेका तपसिल बमोजिमका कारोबार योग्य कम्पनीहरु दफा ३(३) बमोजिम आव २०८१/८२ का लागि अद्यावधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम यो सूची सार्वजनिक गरिएको नेप्सेले जनाएको छ ।



