बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
Global IME Bank Limited

कार्तिक महिनामा जम्मा १७ दिनमात्रै सेयर कारोबार हुने, कस्तो रहला बजारको अवस्था ?

Hyundai Nepal
कार्तिक महिनामा जम्मा १७ दिनमात्रै सेयर कारोबार हुने, कस्तो रहला बजारको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आजबाट असोज महिना सकिएको छ । असोज महिनामा दशैं परेकाले जम्मा १५ दिनमात्रै सेयर बजार खुलेको छ । त्यसैगरि कार्तिक महिनामा पनि तिहार तथा छठपर्व परेकाले यो महिना जम्मा १७ दिनमात्रै सेयर कारोबार हुनेछ ।  

कार्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहार बिदा परेको छ । कार्तिक २२ गते छठ पर्व परेको छ । यो महिना सार्वजनिक बिदा परेको तथा शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएको कारण जम्मा १७ दिन सेयर कारोबार हुने भएको हो । नेपालमा एक बर्षमा झण्डंै २२०  दिनमात्रै सेयर कारोबार हुने गर्छ ।  

Shivam Cement
Bizshala
CG Motors

कस्तो रहला कार्तिक महिनाको सेयर कारोबार ?

नेपालको सेयर बजार प्रायःभदौ महिना बढ्ने र चाडपर्वमा केही सुस्त रहने भएको कारण यो महिना प्रायजसो सेयर बजार औषत नै रहने गर्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजार जानकार दामोदर गजुरेलको बिचारमा पनि प्रायःअसोज महिनमा सप्लाई सकिने बताउँछन् । गजुरेल भन्छन्, ‘अब अन्य व्यापारको पैसा पनि विस्तारै बजारमा आउँछ । हिजोको नेपाल राष्ट्र बैंको डेटाले रेमिट्यान्स बढेको देखाएको छ । रेमिट्यान्सको पैसा सबै उपभोग हुँदैन । अहिले जग्गामा भन्दापनि सेयरमा नै छिटो फाइदा हुने गर्छ । चाहेको बेला बेच्न सकिन्छ ।’  

उनी भन्छन्, ‘प्राविधिक रुपमा पनि सबै इन्डिकेटरले खरिदको सिग्नल दिएका छन् । आज भोल्युम पनि बढेको छ । मनी फ्लो इन्डेक्स बुलिस देखिन्छ । यसले स्मार्ट मनी बजारमा पसेको छ भन्ने हो । यो समयमा रिक्स भन्दा रिवार्ड बढी देखिन्छ । अहिले लाभांशको सिजन पनि भएको कारण बजारले अब माथि नै जाने सम्भवना रहेको गजुरेलको तर्क रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.