बुधबार, भाद्र ३,२०८३ 01:31:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:31:26
Bizshala
Global IME Bank Limited

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?
New Office

काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ ।  

आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि ओरालो लाग्न सुरु भई करिब ५१ अंकले घटेर बन्द भयो । पहिलो ३ घण्टामा नदेखिने गिरावटको प्रवृति अन्तिम एकघण्टामा चाहिँ किन देखिरहेको छ ? अन्तिम घण्टामा एकाएक बजारमा प्यानिक सेल आउनु स्वभाविक हो कि कुनै गिरोहको चलखेलको नतिजा ? 

Bizshala
CG Motors

सेयर बजारमा लामो अनुभव बटुलेका अगुवा लगानीकर्ता केशव कोइरालाको विचारमा अहिलेको घटाईलाई स्वभाविक नै मान्नुपर्छ । ‘अहिले बजार घट्यो भनेर कुनै चिन्ता लिनु नै पर्दैन । बजार जसरी घट्यो, भविष्यमा त्यसरी नै बढ्छ । घटेपछि बढ्ने र बढेपछि घट्ने बजारको सुन्दर पक्ष हो  । किन्नेले घटाएर किन्न खोज्छ । बेच्नेले बढाएर बेच्न खोज्छ । त्यसैले यसमा कसैलाई दोष लगाउनु आवश्यक नै छैन ।’–कोइरालाले बिजशालासँग भने ।  

बजार जानकार प्रेम ओलीको बिचारमा आजभोलिको करेक्सन पछाडिको मुख्य कारण लगानीकर्ताहरुले बिक्रीका लागि दिएको दवाब नै हो । नेप्से २ हजार देखि  २२ सय सम्म हुँदा सेयर किनेकाहरु अझै पनि नाफामै रहेका र अहिलेको बजार घट्दा त्यस्ताको नाफा मात्र घटेको उल्लेख गरे ।

 ‘पछिल्लो समय मुख्य रुपमा बजारमा लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा बजार घटेको हो । कुनै कारणवश घटेको मनोबल उक्सिन थालेपछि बजारले पुनः लय लिनेछ ।’ उनले भने–‘अहिले बजारमा भएको स्वभाविक नाफा बुक हो । यो भनेको नयाँको लागि बजार छिर्ने अबसर पनि हो ।’  

अर्का बजार जानकार मुक्ति अर्यालको बिचारमा पनि हालको करेक्सनलाई स्वभाविक नै मान्नुपर्छ । ‘लगानीकर्ताहरु २ बजेसम्म बजार बढेर माथि जाला भन्ने आशामा बस्छन् । तर बजार त्यसरी माथि जान नसकेपछि सबैले अत्तालिएर एकैपटक बिक्री दवाब दिँदा बजार खस्न पुग्छ ।’–अर्यालले भने ।  

तर ब्रोकरहाउसमा भेटिएका लगानीकर्तामध्ये धेरैले भने बजार केही खेलाडीहरुले अन्तिम समयमा हाइक्याप कम्पनी चलाएर घटाएको आरोप लगाउने गरेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.