बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
Global IME Bank Limited

२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?

Hyundai Nepal
२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?
Nabil Bank Limited

काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ ।  

आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि ओरालो लाग्न सुरु भई करिब ५१ अंकले घटेर बन्द भयो । पहिलो ३ घण्टामा नदेखिने गिरावटको प्रवृति अन्तिम एकघण्टामा चाहिँ किन देखिरहेको छ ? अन्तिम घण्टामा एकाएक बजारमा प्यानिक सेल आउनु स्वभाविक हो कि कुनै गिरोहको चलखेलको नतिजा ? 

Shivam Cement
Bizshala
CG Motors

सेयर बजारमा लामो अनुभव बटुलेका अगुवा लगानीकर्ता केशव कोइरालाको विचारमा अहिलेको घटाईलाई स्वभाविक नै मान्नुपर्छ । ‘अहिले बजार घट्यो भनेर कुनै चिन्ता लिनु नै पर्दैन । बजार जसरी घट्यो, भविष्यमा त्यसरी नै बढ्छ । घटेपछि बढ्ने र बढेपछि घट्ने बजारको सुन्दर पक्ष हो  । किन्नेले घटाएर किन्न खोज्छ । बेच्नेले बढाएर बेच्न खोज्छ । त्यसैले यसमा कसैलाई दोष लगाउनु आवश्यक नै छैन ।’–कोइरालाले बिजशालासँग भने ।  

बजार जानकार प्रेम ओलीको बिचारमा आजभोलिको करेक्सन पछाडिको मुख्य कारण लगानीकर्ताहरुले बिक्रीका लागि दिएको दवाब नै हो । नेप्से २ हजार देखि  २२ सय सम्म हुँदा सेयर किनेकाहरु अझै पनि नाफामै रहेका र अहिलेको बजार घट्दा त्यस्ताको नाफा मात्र घटेको उल्लेख गरे ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 ‘पछिल्लो समय मुख्य रुपमा बजारमा लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा बजार घटेको हो । कुनै कारणवश घटेको मनोबल उक्सिन थालेपछि बजारले पुनः लय लिनेछ ।’ उनले भने–‘अहिले बजारमा भएको स्वभाविक नाफा बुक हो । यो भनेको नयाँको लागि बजार छिर्ने अबसर पनि हो ।’  

अर्का बजार जानकार मुक्ति अर्यालको बिचारमा पनि हालको करेक्सनलाई स्वभाविक नै मान्नुपर्छ । ‘लगानीकर्ताहरु २ बजेसम्म बजार बढेर माथि जाला भन्ने आशामा बस्छन् । तर बजार त्यसरी माथि जान नसकेपछि सबैले अत्तालिएर एकैपटक बिक्री दवाब दिँदा बजार खस्न पुग्छ ।’–अर्यालले भने ।  

तर ब्रोकरहाउसमा भेटिएका लगानीकर्तामध्ये धेरैले भने बजार केही खेलाडीहरुले अन्तिम समयमा हाइक्याप कम्पनी चलाएर घटाएको आरोप लगाउने गरेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.