२ बजेसम्म बढिरहेको बजार अन्तिम समयमा एकाएक किन घट्छ ? स्वभाविक कि चलखेल ?
काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ । आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि...