शनिबार, असार २१,२०८२ 06:16:49
  • शनिबार, असार २१,२०८२ 06:16:49
Global IME Bank Limited

सिटिजन लाइफको सेयर कारोबार फुकुवा

Hyundai Nepal
सिटिजन लाइफको सेयर कारोबार फुकुवा
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले वैशाख २८ गते को निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।  

कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र लेखेको थियो । नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको जनाएको छ ।  

सिटिजन लाइफले पटकपटक लाभांशको सूचना परिवर्तन गरेकाले  धितोपत्र सूचीकरण विनयमावली २०७५ को विनियम १६)१०)(ग)मा भएको व्यवस्थाबमोजिम नेप्सेले गत वैशाख २५ गते कम्पनीको दोस्रो बजार धितोपत्र कारोबार स्थगन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत अन्तरिम लाभांश रद्द गर्ने निर्णय गरेको हो । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.