सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीको बोनस ४३.७९% ले वृद्धि
काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन लाइफ इन्योरेन्सले आफ्ना कर्मचारीहरुको बोनस ४३.७९ प्रतिशतले बढाएको छ ।आव २०८०/८१ मा ४ करोड २४ लाख ४१ हजार रुपैयाँ कर्मचारी बोनस बाँडेको यो कम्पनीले आव २०८१/८२ मा भने ६ करोड १० लाख २७ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।साथै, कम्पनीले कर्मचारीहरुलाई गत आवमा १२ करोड २५ लाख ४९ हजार रुपैयाँ तलब वितरण गरेको छ ।...

