मंगलवार, कार्तिक ३,२०८३ 02:20:23
  • मंगलवार, कार्तिक ३,२०८३ 02:20:23
Global IME Bank Limited

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?

Bizshala
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने)गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर कायम गरेको हो ।  

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन मंसिर १४ गते बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर तोकेका छ ।  

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्षे अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाा र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

सिटिजन शुभारम्भ योजना(सावधिक )बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सिटिजन बाल भविष्य योजना (सावधिक)बीमालेख,सिटिजन बाल भविष्य योजना प्लस(सावधिक)बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदरको व्यवस्था गरिएको छ ।  

कम्पनीले सिटिजन जीवन बीमा सारथी योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ,२५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.