काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले जेठ १ गतेदेखि ३२ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई शतप्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ ।
त्यस्तै असार १ गतेदेखि १६ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । यो सुविधा बीमा अवधिभर एकपटक मात्रै पाइने कम्पनीले उल्लेख गरेको छ । यो योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।