सोमबार, असार २,२०८२ 04:06:58
  • सोमबार, असार २,२०८२ 04:06:58
Global IME Bank Limited

सिटिजन लाइफको नाफा २१६.५६% ले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक ?

Hyundai Nepal
सिटिजन लाइफको नाफा २१६.५६% ले बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक ?
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्ममा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २१६.५६ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.५६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ९६ करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ७३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी भने ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३.४५ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब ७ करोड रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब २१ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ६ अर्ब ५५ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ९७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.३३ रुपैयाँ रहेको ईपीएस बढेर ८.२५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७६.९६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५७.६६ रुपैयाँ र पीई अनुपात ६६.०३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.