काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३६ करोड ४४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको मुनाफा ३५ करोड ७६ ला रहेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । अघिल्लो आवमा ४ अर्ब ८१ करोड रहेको कम्पनीको बीमाशुल्क आर्जन बढेर ५ अर्ब ९४ करोड पुगेको छ ।
यस्तै कम्पनीको कुल आम्दानी ६ अर्ब ३१ करोडबाट बढेर ७ अर्ब ५६ करोड पुगेको छ । दाबी भुक्तानी र खर्च वृद्धिले कम्पनीको नाफामा प्रभाव पारेको छ । कम्पनीको दाबी भुक्तानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ८७ करोड र कुल खर्च ५ अर्ब ९६ करोडबाट बढेर ७ अर्ब २० करोड पुगेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार भने बढेको छ । अघिल्लो आवमा १९ अर्ब ८६ करोडबाट बढेर २४ अर्ब ६३ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.१७ रुपैयाँ र पीई रेसियो ४८.५४ गुणा कायम भएको छ ।

