शनिबार, फाल्गुन १०,२०८१ 08:23:25
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:23:25
IME remit
Global IME Bank Limited

सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा

फसेका लगानीकर्ताले न्याय पाउँछन् ? झण्डै रु. ३२ करोडको सेयर कारोबार के हुन्छ ?

Hyundai Nepal
सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन लत्याएर सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको छ । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको हो ।  

यसअघि नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम तत्काल नचलाई जगेडामा सञ्चित गर्न निर्देशन दिएको थियो ।  

सेयर प्रिमियम रकमको विषयमा संघीय संसदअन्तर्गतको लेखासमितिमा छानबिनकै क्रममा रहेकाले प्राधिकरणले उक्त रकम रिजर्भ फण्डमा राखेर सो रकमलाई नै पुँजीकरण गर्न पाउने व्यवस्था समेत गरिदिएको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

संसदको लेखा समितिले बीमा कम्पनीहरुले प्रिमियममा आईपीओ जारी गरेको विषयमा अध्ययन गर्न निर्देशन दिएपछि प्राधिकरणले थप हुन आएको प्रिमियम रकम लाभांशको रुपमा वितरण गर्न रोक लगाई संकलित रकम जगेडामा राख्न निर्देशन समेत दिएको थियो ।  

सो सम्बन्धमा लेखासमितिबाट कुनै खालको निर्णय नआउँदासम्म प्राधिकरणले प्रिमियम रकम नचलाउन वा सोसम्बन्धी निर्णय नगर्न बीमा कम्पनीलाई भनेको थियो । तर सिटिजन लाइफले बीमा प्राधिकरणलाई नै जानकारी नगराई आफूखुशी उक्त प्रिमियम रकमबाट बोनस वितरण गरेर चुक्तापुँजी बढाउने निर्णय गरेको छ ।  

सिटिजन लाइफको सो खालको एकलौटी निर्णयले कम्पनी आफैं कारबाहीमा पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नियमविपरीत लाभांश घोषणा गरेको बताउँदै सिटिजन लाइफलाई कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।  

साथै कम्पनीले एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्नु आफैंमा नियमविपरीत छ ।  

गत आवको मुनाफाबाट कम्पनीले यही आ.व.भित्र ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरी गत माघ १४ गते बसेको वार्षिक साधारणसभाले पारित समेत गरिसकेको छ ।  

चालु आ.व. नसकिंदै कम्पनीले पुनः पुँजी बढाउने प्रयोजन राख्दै सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको छ, जुन यो कम्पनी ऐन र बीमा प्राधिकरणको निर्देशनविपरीत छ ।  

कम्पनी ऐन २०६३ मा पनि कम्पनीले लाभांश वितरण गर्न छुट्याइएको मुनाफाको रकमबाहेक अन्य कुनै किसिमबाट लाभांशको भुक्तानी वा वितरण गर्न नसक्ने व्यवस्था रहेको छ ।

यसै सन्दर्भमा संसदको लेखासमितिले आईपीओ निष्कासन गरेर थप हुन आएको प्रिमियम रकमबाट तत्काल बोनस बाँड्न नदिन प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणले पनि लेखा समितिको निर्देशन पालना गर्दै बीमा कम्पनीहरुलाई उक्त रकम लाभांशको रुपमा नबाँड्न तत्कालै निर्देशन दिएको थियो ।  

कम्पनी ऐनमा एउटै आर्थिक वर्षभित्र दुईवटा लाभांश घोषणा गर्न नपाइने व्यवस्था छ । सञ्चालक समितिले तोकेको लाभांश वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट पारित भएमा मात्रै सेयरधनीलाई वितरण गर्न पाईन्छ । तर बीमा कम्पनीहरुको हकमा बीमा प्राधिकरणको स्वीकृतिको जरुरी हुने कम्पनी ऐनमा उल्लेख छ ।  

लाभांश प्रस्ताव गर्न बीमा कम्पनीले सो आर्थिक वर्षको वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने हुन्छ । तर सिटिजन लाइफले यसअघि नै वित्तीय विवरण स्वीकृत गराई साधारणसभा गरिसकेको छ, जसबाट ५ प्रतिशत बोनस सेयर समेत पारित भइसकेको छ ।  

कम्पनी ऐन र प्राधिकरणको नियम कुल्चिएर सिटिजन लाइफले एकलौटी रुपमा आफूखुशी निर्णय गर्दा कम्पनीको सञ्चालक समिति र संस्थागत सुशासनमा नै प्रश्न उठेको छ । अझ बीमा कम्पनीका सीईओहरुको छाता संगठनको नेतृत्व गर्ने व्यक्ति नै सीईओ रहेको कम्पनीले नियमविपरीत जथाभावी गरेपछि उनको कार्यकुशलतामाथि नै प्रश्न उठेको छ ।  

कतिपयले भने पहुँचको भरमा जे पनि गराउन सकिन्छ भन्ने मानसिकताको उपजको रुपमा सिटिजनको बलमिच्याईं भएको हुनसक्ने समेत दाबी गरिरहेका छन् ।  

प्राधिकरणको निर्देशिका, बीमा ऐन, नियम तथा कानूनमा भएको कुरा जानकारी नराखी एउटै आर्थिक वर्षमा दुई–दुईवटा लाभांश प्रस्ताव गर्दा कम्पनीको सञ्चालक समितिको क्षमतामाथि सेयर लगानीकर्ताहरुले औला उठाउन थालेका छन् ।  

कम्पनी ऐन २०६३ दफा ८२ (७) बमोजिम कम्पनीको मुनाफाबाट शेयरधनीले लाभांश वितरण गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई मात्र रहेको छ । कम्पनी ऐनले शेयरधनीहरूलाई बाँडिने मुनाफाका सम्बन्धमा निर्णय गर्दा त्यस्तो मुनाफाको दर सञ्चालक समितिले निर्धारण गरेको दरभन्दा बढी हुने गरी निर्णय गर्न नसक्ने व्यवस्था रहेको छ ।

सिटिजनको सञ्चालक समितिले पनि नियम र कानूनमा भएको कुरा पालना नगरेको देखिन्छ । सञ्चालकहरुमा यससम्बन्धी ज्ञान नहुनसक्छ, उच्च व्यवस्थापनले यस्तो बेलामा कानूनी कुराहरुको विषयमा बुझाउन सक्नुपर्छ । यस्तो घटनामा प्रमुख कार्यकारी अधिकृतको मुख्य भूमिका पनि हुन्छ, जुन सिटिजनको हकमा देखिएन ।  

संघीय संसदको लेखा समितिबाट सेयर प्रिमियम रकम सम्बन्धी कुनै निर्देशन नआउँदै बीमा प्राधिकरणलाई नै जानकारी नगराई सिटिजन लाइफले आफुखुशी निर्णय गर्नु कम्पनीको सञ्चालक समितिको कमजोरी देखिन्छ ।  

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज सेयर बजार कारोबार समयमै कम्पनीको लाभांश रद्द हुनसक्ने अनौपचारिक स्पष्टोक्ति दिइसकेका थिए ।  

सिलवालले सिटिजन लाइफले एकलौटी निर्णय गरेको र प्राधिकरणको निर्देशनलाई लत्याएको बताएका छन् । ‘एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्न पाँइदैन, त्यसमाथि सिटिजन लाइफले आर्इृपीओ जारी गर्दा थप हुन आएको प्रिमियमबाट लाभांश बाँड्ने निर्णय गरेको छ, जुन यो नियम र निर्देशन विपरीत छ’ सिलवालले भने, ‘नियामकलाई नै जानकारी नगराई आफूखुशी निर्णय गर्ने कुरा मान्य छैन । प्राधिकरणले पनि अब कारबाही गर्नेछ ।’

कम्पनीको लाभांश रद्द हुने भएपछि आम सेयर लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने देखिन्छ । आकर्षक लाभांश वितरणको निर्णय गरेको समाचार बाहिरिएसँगै सिटिजन लाइफको सेयर उठाउनेहरुको लगानी के हुने भन्ने सशंय पनि पैदा भएको छ । आकर्षक बोनस सेयरको पछि लागेर आँखा चिम्लिएर कम्पनीको सेयर खरीद गर्नेहरुको पैसा के हुन्छ ? अबैध निर्णयपछि भएको सोमबारको कारोबार नै पो रद्द हुन्छ कि ? लगानीकर्ताहरु सशंयमा छन् ।  

लगानीकर्तालाई फसाउने प्रपञ्च !

सिटिजन लाइफको लाभांश घोषणाले लाखौं लगानीकर्ताहरु नराम्रोसँग फसेका छन् । कम्पनीले आज मात्रै २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश बाँड्ने घोषणा गर्यो ।  

सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णयले लगानीकर्ताहरु आज सिटिजन लाइफको सेयर किन्न झुम्मिए । कम्पनीले २६ प्रतिशत बोनस सेयर दिने आशाले आम लगानीकर्ताहरुले धमाधम सेयर खरिद गरे । आज बजार खुलेको समयमा कम्पनीको सेयरमा उच्च खरिद माग समेत थियो ।  

आज सिजिटन लाइफकै सर्वाधिक ३१ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । कम्पनीको लाभांश घोषणापछि लगानीकर्ताहरुले धमाधम सेयर किन्दा फेरि लाभांश रद्द हुने विषयले आम लगानीकर्ताको लगानी जोखिममा पर्ने बजार जानकार केशव कोईराला(काका) बताउँछन् ।  

‘आजको लाभांश घोषणा हुनु र फेरी प्राधिकरणले लाभांश रद्द गर्न खोज्नुमा सिटिजन लाइफको सञ्चालक समिति र बीमा प्राधिकरणकै मिलेमतो छ’ उनले भने, ‘दुबै पक्ष मिलेर सेयरमूल्यमा चलखेल गर्न खोजेको स्पष्ट छ । साना लगानीकर्तालाई लाभांशको लोभमा सेयर किन्न उक्साउने खालको सूचना निकाल्नु नै गलत हो ।’

एउटै आर्थिक वर्षमा दुई–दुईवटा लाभांश घोषणा गर्न नपाउने कानूनी व्यवस्था हुँदाहुँदै सिटिजन लाइफले यस्तो निर्णय गर्दा प्राधिकरणले दिनभर कारोबार समयमा कुनै खालको एक्सन नलिएकोमा कोइरालाले असन्तुष्टि व्यक्त गरे ।  

‘प्राधिकरणलाई नै जानकारी नगराई सिटिजन लाइफले लाभांश घोषणा गर्र्नै सक्दैन । दुवैको मिलेमतोमा लाभांश घोषणा गर्ने, त्यसपछि सेयरमूल्य बढाएर आफ्नो हिस्साको सेयर बिक्री गरेको स्पष्ट छ’ उनले भने, ‘नियामक निकाय भएर पनि कम्पनीले गरेको निर्णय थाहा नपाउनु यो जायज छैन । सेयरमूल्य चलखेल गर्ने यो दुई पक्षको प्रपञ्च हो । यो प्रकरणमा भरपर्दो छानबिन हुन आवश्यक छ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.