Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 04:04:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त

Laxmi Sunrise Bank Limited
सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त
Shivam Cement

काठमाण्डौ । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको NFRS 17 (Insurance Contracts) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि Citizen Life Insurance Company Limited ले एक महत्वपूर्ण रणनीतिक पहल गरेको छ । 

यसै सन्दर्भमा, नेपाल बीमा प्राधिकरण (NIA) को आवश्यक स्वीकृति पश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था KPMG Assurance and Consulting Services LLP लाई NFRS 17 कार्यान्वयन परामर्शदाता (Implementation Partner) का रूपमा नियुक्त गरेको छ। 

KPMG विश्वका प्रमुख Big Four व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो, जसले Assurance, Consulting, Tax तथा Risk Advisory सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ । यसको बलियो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी पेशागत जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण KPMG विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूका लागि एक विश्वसनीय र स्थापित साझेदारको रूपमा पहिचान बनाएको छ। 

Bizshala
New Office
CG Motors

विशेषगरी IFRS 17/NFRS 17 जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा KPMG को अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्वपूर्ण मानिन्छ । दक्षिण एशिया क्षेत्र, विशेषगरी भारतमा यसको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको छ । 

यस नियुक्तिसँगै सिटिजन लाइफ इन्स्योरेन्सले NFRS 17 कार्यान्वयनमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै ज्ञान हस्तान्तरण (Knowledge Transfer) मार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala

सम्झौता अवधि साढे तीन (३.५) वर्ष रहनेछ, जसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट-इम्प्लिमेन्टेशन सपोर्ट सेवा समेत समावेश हुनेछ । यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको 
छ । 

यस पहलले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप अझ सुदृढ, पारदर्शी तथा विश्वसनीय बीमा संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.