आईतवार, फाल्गुन ११,२०८१ 02:39:16
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:39:16
IME remit
Global IME Bank Limited

सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड

Hyundai Nepal
सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीको सेयर तथा इकाईमा कुल १६ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।  

यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा १६६.०८ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डहरुमा ६ करोड २८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो ।  

नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुमध्ये सिटिजन लाइफले सर्वाधिक वाणिज्य बैंक र सामूहिक लगानी कोष तथा म्युचुअल फण्डको इकाईमा धरै लगानी गरेको छ । कम्पनीले अधिकांश कमर्सियल बैंकको सेयरमा भने लगानी घटाएको छ ।  

कम्पनीले ९ वटा कमर्सियल बैंक र एक विकास बैंकको सेयरमा कुल ३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १५.२६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले यी कम्पनीहरुमा ३ करोड ३० लाख रुपैयाँ लगानी गरेको थियो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

कमर्सियल बैंकहरुमा पनि कम्पनीले सर्वाधिक एभरेष्ट बैंकको सेयरमा २ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो वर्षको तुलनामा ४४.९२ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले उक्त बैंकको सेयरमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेको थियो । कम्पनीले एभरेष्ट बैंकको ३६ हजार २६८ कित्ता सेयर खरिद गरी लगानी गरेको हो ।  

त्यस्तै, दोस्रोमा एनएमबी बैंकको सेयरमा १ करोड १ लाख रुपैयाँ, तेस्रोमा एनआइसी एशिया बैंकको सेयरमा ५९ लाख रुपैयाँ, हिमालयन बैंकको सेयरमा ५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमा ४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको सेयरमा २ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकमा १ लाख रुपैयाँ र कुमारी बैंकमा ६८ हजार रुपैया लगानी गरेको छ ।  

९ वटा वाणिज्य बैंकमध्ये कम्पनीले एभरेष्ट बैंक, एनआइसी एशिया बैंक र नेपाल एसबीआई बैंकको सेयरमा मात्रै लगानी थपेको छ ।  

त्यस्तै, कम्पनीले तीन लघुवित्त संस्था, एक हाइड्रोपावर कम्पनी, एक उत्पादन तथा प्रशोधन कम्पनी र एक होटलको सेयरमा १ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ११२.९३ प्रतिशतले बढी हो । सो वर्ष यस्ता कम्पनीमा ५३ लाख २८ हजार रुपैयाँ लगानी रहेको थियो । गत वर्षमा कम्पनीले स्वाबलम्बन लघुवित्तको सेयरमा लगानी थपेको छ ।  

म्युचुअल फण्डमा मात्रै पौने १२ करोड लगानी  

गत आवमा सिटिजन लाइफले १८ वटा म्युचुअल फण्डमा पौने १२ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवमा ९ वटा मात्रै फण्डमा २ करोड ४३ लाख रुपैयाँ लगानी गरेको कम्पनीले गत आवमा थप ९ वटा फण्ड गरी कुल १८ वटा फण्डमा ११ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।  

सूचीकृत कम्पनीहरुमा सिटिजन लाइफले सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुमा बढी लगानी गरेको देखिएको छ । गत वर्षको लगानी अघिल्लो वर्षको तुलनामा ३८२.२० प्रतिशतले बढी हो ।  

कम्पनीले सर्वाधिक प्रभु स्माट फण्डमा ४ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा १ करोड रुपैयाँ, एनआईबीएल ग्रोथ फण्डमा ५३ लाख रुपैयाँ, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डमा ५० लाख ८५ हजार रुपैयाँ लगानी गरेको छ ।  

यसका साथै कुमारी धनबृद्धि योजना, नबिल फ्लेक्सी क्याप, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र आरबीबी म्युचुअल फण्ड–२ मा ५०–५० लाख रुपैयाँ लगानी गरेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.