सोमबार, असार २,२०८२ 03:23:09
  • सोमबार, असार २,२०८२ 03:23:09
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिटिजन लाइफ इन्स्योरेन्सले गत आवका लागि २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

आगामी चैत १५ गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुने कम्पनीको १८ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।  

यस्तै नेष्डो समृद्ध लघुवित्तले पनि गत आवका लागि सेयरधनीहरुलाई गत आवको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले आगामी चैत १० गते साधारण सभा बोलाएको छ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.