नेष्डो समृद्ध लघुवित्तले कमायो साढे ३ करोड नाफा, ईपीएस ५० रुपैयाँ
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाएको छ। लघुवित्तले असोज मसान्तसम्म ३ करोड ६४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ३ करोड २६ लाख २९ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ११.७४ प्रतिशतले बढेको हो।चालु आर्थिक वर्षको पहिलो...

