सोमबार, असार २,२०८२ 08:48:50
  • सोमबार, असार २,२०८२ 08:48:50
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाको लेखनाथ शाखाले पोखरा महानगरपालिका लेखनाथस्थित केन्द्र नं. १०२ मा आबद्ध सदस्य राधिका पौडेलले लिएको कर्जा मिनाहा गरिदिएको हो ।  

२०८० वैशाख २० गते संस्थामा आबद्ध भएकी स्व. सदस्य पौडेलले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको गत माघ २१ गते असमायिक निधन भएपछि तिर्न बाँकी कर्जा संस्थाले मिनाहा गरिदिएको लेखनाथ शाखा प्रमुख कृष्ण प्रसाद चापागाईले बताए ।  

स्वं सदस्य पौडेलले ३ लाख ७१ हजार २६० रुपैयाँ कर्जा भने तिरिसकेकी थिइन् । तिर्न बाँकी रहेको १ लाख २८ हजार ७४० रुपैयाँ संस्थाले मिनाहा गरिदिएको चापागाईले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै उनका अनुसार स्व. सदस्य पौडेलले संस्थामा तिरिसकेको ३ लाख ७१ हजार रुपैयाँ, किरिया खर्च वापत ५० हजार रुपैयाँ र स्वयं सदस्यले बचत गरेको १ लाख १९ हजार १७१ रुपैयाँ गरी कुल ५ लाख ४० हजार रुपैयाँ बराबरको चेक हकवालालाई हस्तान्तरण गरिएको छ ।  

लघुवित्तले हाल १७ जिल्लामा ५६ वटा शाखा कार्यालयबाट ७८ हजार विपन्न वर्गका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.