काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सरावल गाउपालिका ३ मा गठित सरस्वती समृद्ध व्यवसायिक केन्द्र नं. ५९ का सदस्य सौनी थरुनीको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ । संस्थाबाट निकालेको २ लाख २० हजार कर्जा मध्ये थरुनीले तिर्नुपर्ने १ लाख ९२ हजार ४९९ रुपैया कर्जा संस्थाले मिनाहा गरेको हो शाखा प्रबन्धक लोक बहादुर सोनिले बताए ।
उक्त केन्द्रकी सदस्य सौनी थरुनीको असामायिक निधन भएकाले निज सदस्यको कर्जा मिनाहा गरी निज सदस्यले जम्मा गरेको बचत तथा राहत स्वरूप क्रिया खर्च २२ हजार रुपैयाँ थप गरि उनकी बुहारी दुर्गा चौधरीलाई ९१ हजार ३८९ रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक सोनिले बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                