सोमबार, असार २,२०८२ 08:58:01
  • सोमबार, असार २,२०८२ 08:58:01
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुको पेन्सन बचत दोब्बर भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखामा आबद्ध केन्द्र नं. ३१ सितापाईला महिला व्यवसायिक केन्द्रका ५ जना सदस्यको पेन्सन १५ वर्षपछि दोब्बर भुक्तानी गरेको संस्थाले जनाएको छ ।  

सो केन्द्रमा आबद्ध महिला सदस्यहरु रसकला नेपाली, हरिमाया राना मगर, सुनिता राना मगर, गिता कुमारी आले र सरिता श्रेष्ठलाई पेन्सन योजना वापतको बचत रकम दोब्बर रकम भुक्तानी गरेको विरौटा शाखा प्रमुख लक्ष्मी गाहाले बताईन् ।  

पोखरा –१५ प्रगति टोलका सो सदस्यहरु २०६५ साल चैत ११ गते नेष्डो समृद्ध लघुवित्त संस्थामा जोडिएका थिए ।  

पेन्सन योजनामा सहभागी हुने बचतकर्ताहरुले आम्दानीको क्षमता र सदस्यको स्वइच्छाअनुसार बचत गर्न सकिने व्यवस्था छ । नेष्डो समृद्ध लघुवित्तले पनि संस्थामा आबद्ध आफ्ना सदस्यहरुलाई मासिक एकसय, दुईसय र पाँचसय रुपैयाँसम्म पेन्सन योजनामा बचत गराउँदै आइरहेको छ ।  

सोअनुसार संस्थाले उक्त ५ जना सदस्यको प्रतिव्यक्ति १०० रुपैयाँका दरले मासिक रुपमा पेन्सन बचत गराई १५ वर्षसम्म प्रतिव्यक्ति १८ हजार रुपैयाँ जम्मा गराएको थियो । संस्थाले १५ वर्ष अवधिपछि प्रतिव्यक्ति १८ हजार रुपैयाँको दोब्बर रकम ३६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।  

यसर्थ संस्थाले ५ जना सदस्यलाई एकमुष्ट एक लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको गाहाले बताईन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पेन्सन योजना बमोजिम संस्थाले आफ्ना सदस्यहरुलाई बचत गर्न प्रोत्साहन गर्दै आएको संस्थाका कामु सीईओ युधिष्ठिर भुषाल शर्माले बताए । संस्थाको नीति नियमअनुसार नियमित बचत गर्ने सदस्यहरुलाई दोब्बर पेन्सन रकम भुक्तानी गरेको शर्माले बताए ।  

नेष्डो समृद्ध लघुवित्त संस्थाले आफ्ना सदस्यहरुको पेन्सन योजनामार्फत सदस्यको इच्छाअनुसार रकम बचत गराउँदै आइरहेको छ । पेन्सन योजनामा रहेको व्यवस्थाबमोजिम संस्थामा आबद्ध संदस्यले नियमित बचत गर्दै आएको खण्डमा संस्थाले उक्त सदस्यलाई १५ वर्षपछि बचतको दोब्बर रकम भुक्तानी गर्ने संस्थाले जनाएको छ ।  

साथै संस्थामा आबद्ध महिला सदस्यको दोब्बर पेन्सन नपाउँदै यदि मृत्यु भएमा जम्मा बचत रकम र ब्याजसहित निजको हकवालालाई एकमुष्ट रकम भुक्तानी हुने व्यवस्था छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.