काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने अध्यक्ष चयन भएकी छन् । संस्थाको सञ्चालक समितिको जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात वसेको सञ्चालक समितिको पहिलो बैठकले लामिछानेलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
बैठकले सञ्चालकहरु बिचमा भएको आपसी सहमतिमा सञ्चालक मध्येवाट सञ्चालक सावित्री खत्री क्षेत्री लामिछानेज्यूलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
साथै, जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशम वहादुर खत्री नियुक्ती भएका छन् ।