सोमबार, असार २,२०८२ 08:44:56
  • सोमबार, असार २,२०८२ 08:44:56
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्ट’मा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्ट’मा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था नेप्सेमा सूचीकृत नेपालको ‘घ’ वर्गको वित्तीय संस्था हो । राष्ट्रिय शिक्षा तथा सामाजिक विकास संस्थाको मुख्य लगानी रहेको यो संस्थामा प्रभु बैंक तथा अन्य ८१ जना लगानीकर्ताहरुको लगानी रहेको छ । यो संस्थाका १६ वटा जिल्लामा ५६ शाखा रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आधारभूत पक्षः  

यस कम्पनीको चूक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ करोड ४ लाख ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा करिब ८० लाख रहेको छ । कम्पनीको जगेडा कोष चुक्तापूँजीको तीन गुणा अर्थात ७५ करोड ४ लाख ३३ हजार रुपैंयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ३९४ रुपैंयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात १३.३ प्रतिशत रहेको छ भने रिर्टन अन इक्विटी ३.८१ गुणा रहेको छ ।  

प्राविधिक पक्षः  

डब्लु प्याटर्न  

यो कम्पनीको सेयर मुल्यले बनाएको चक्रलाई नियाल्दा पछिल्लोपटक कम्पनीको मूल्य रेखाले ‘डब्लु प्यार्टन’ बनाएको छ । यसको अर्थ कम्पनीको सेयर भाउले नेक लाइनलाई ब्रेक गरेर डब्लु आकार बनाएको देखिन्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड सेन्टिमिटरको आधारमा यो कम्पनी हाल ८० को तहमा ‘स्ट्रङ बुलिस सेन्टिमेन्ट’मा चलेको देखिन्छ । यसले कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण रहेको छ भन्ने बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य २५४५ रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ५१५ रुपैयाँ रहेको छ ।  

यस कम्पनीमा ६७.५० प्रतिशत स्वामित्व संस्थापक र ३२.५ प्रतिशत सर्वसाधारणको रहेको छ । कम्पनीमा एक महिना पछि संस्थापक सेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी सेयर संख्या १२ हजार ७५० कित्ताको लकइन अवधि खुल्ने भएको हो ।  

बोलिङ्गर ब्याण्ड ,म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर हाल अपर ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीको बुलिस क्रसओभर बनेको छ । आरएसआई पनि ओभर बट जोन ७३ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउले बुलिस ट्रेन्डमा चलेको देखिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७३७

प्रतिरोध २ – २५८७

प्रतिरोध १–  २४८२

पिभट् प्वइन्टः २३२३

घटेमा सपोर्ट  

सपोर्ट १– २२३३

सपोर्ट २– २०९०

निष्कर्षः यो कम्पनी आभारभूत रुपमा सानो पूँजी भएको ठीकै कम्पनी देखिन्छ । कम्पनीको जगेडा कोष र बुक भ्यालु निकै राम्रो देखिन्छ । तर कम्पनीको रिर्टन अन इक्विटी , खुद मुनाफा र खराब कर्जा भने खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा भने फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनीको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यसकारण कम्पनीको सेयरको सेयर मूल्य आगामी दिनमा पनि निरन्तर बढेमा २ हजार ७३७ रुपैयाँ सम्म पुग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.