काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(ब्याज छुट)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।
हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको कारण बीमालेख व्यतित हुन गएको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले विलम्ब शुल्क छुट सुविधाको अवसर प्रदान गर्न लागिएको जनााएको हो ।
यहि भदौ ३० गतेदेखि असोज १२ गते सम्म व्यतित बीमालेख पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्क नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा (२) र (३) को अधीनमा रही शतप्रतिशत छुट प्रदान गरिने छ । यो सुविधा बीमा अवधि भरि एक पटक मात्र पाईनेछ ।
यो विलम्ब शुल्क छुट सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण भएको मितिले २ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने छ ।
विलम्ब शुल्क छुट प्रदान गरिएको अवधि भित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आ(आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउनु हुन र बीमालेख पुनर्जागरण गर्दा पेश गर्नुपर्ने कागजातका सम्बन्धमा कम्पनीको नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                