मंगलवार, आश्विन २८,२०८२ 09:11:11
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 09:11:11
IME remit
Global IME Bank Limited

सिटिजन लाइफको नाफा ८७.३५% ले बढ्यो, सेयर प्रिमियममा १.५५ अर्ब सञ्चित

Hyundai Nepal
सिटिजन लाइफको नाफा ८७.३५% ले बढ्यो, सेयर प्रिमियममा १.५५ अर्ब सञ्चित
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ७.०५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब १५ करोड २ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १करोड २९ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड १० लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब ४१ करोड २४ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४ अर्ब ४० करोड ९२ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ५३ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा ६३ करोड १७ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.६३ रुपैयाँ रहेको ईपीएस बढेर ९.५३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५२४.३६ रुपैयाँ र पीई अनुपात ४७.४० गुणा कायम भएको छ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.