बुधबार, भाद्र २५,२०८२ 05:58:37
  • बुधबार, भाद्र २५,२०८२ 05:58:37
Global IME Bank Limited

नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह

Hyundai Nepal
नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह

काठमाण्डौ । नेप्सेमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएसँगै नेप्सेको वेबसाइटमा आम सर्वसाधारणले गुनासो तथा सल्लाह सुझाव दिनसक्ने गरी ‘सजेसन बक्स’को व्यवस्था गरिएको छ ।  

नेप्सेले आफ्नो सेवामा सुधार गर्न चाल्नुपर्ने कदमहरुबारे आम सर्वसाधारणबाट सल्लाह सुझाव माग गरेको छ । नेप्सेको वेबसाइटमा आइतबारदेखि यस्तो फिचर राखिएको हो । जसमा सर्वसाधारणले नेप्सेका ३ वटा सबल पक्ष र तीनवटा सल्लाह सुझाव बुँदागत रुपमा पेश गर्नु पर्ने हुन्छ । यसका लागि नेप्सेले बेग्ला–बेग्लै कोलमको व्यवस्था गरेको छ ।  

सर्वसाधारणले आफ्नो नाम, इमेल आईडी, ठेगाना र टेलिफोन नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यहाँ क्लिक गरेर देश तथा विदेशमा बस्ने सबै नेपालीले सेयर बजारसम्बन्धी सुझाव तथा गुनासो अनलाइनबाट नै गर्न सक्नेछन् । यस साताबाट सूरुवात गरिएको यस्तो फिचरमा हालसम्म जम्मा ११ वटा सुझाब आएको नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले जानकारी दिए ।  

यसरी आएका सुझावमा २ वटा नेप्सेले गर्नु पर्ने कामका बारेमा र बाँकी भने लगानीकर्ताहरुले ठट्यौलि पाराका सुझाव दिएका छन् । जसमा अझै अनौठो के छ भने लगानीकर्ताहरुले नेप्सेलाई नै केही कम्पनीको नाम नै तोकेर सेयर किन्न सुझाव दिएका छन् । सार्वजनिक रुपमा कसैलाई पनि सेयर किन्न तथा बेच्न सुझाव दिन धितोपत्र एनले नै बर्जित गरेको छ ।  

धितोपत्र बोर्ड तथा नेप्सेका कुनै पनि कर्मचारीलाई समेत दोस्रो बजारबाट सेयर किन्न बर्जित गरिएको छ । तर लगानीकर्ताहरुले भने नेप्सेलाई नै सेयर किन्न सुझाव दिएको प्रवक्ता पराजुलीले बताए । ‘हामीले केही रचनात्मक सुझावको अपेक्षा गरेर सुझाव मागेका हौं । यस्ता रचनात्मक सुझावलाई बिश्लेषण गरेर कार्यन्वयन पनि गरिनेछ,’ उनले भने ।  

उनले लगानीकर्ताबाट हलुका र सतही भन्दा पनि गहन सुझावको प्रतिक्षामा रहेको समेत बताए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.