बुधबार, भाद्र २५,२०८२ 12:21:52
  • बुधबार, भाद्र २५,२०८२ 12:21:52
Global IME Bank Limited

सेयर बजारमा चिया पसलेदेखि तरकारी व्यवसायीसम्मको प्रवेश, मोफसलमा समेत आकर्षण बढ्दै

Hyundai Nepal
सेयर बजारमा चिया पसलेदेखि तरकारी व्यवसायीसम्मको प्रवेश, मोफसलमा समेत आकर्षण बढ्दै

काठमाण्डौ । नेपालको सेयर बजारमा अहिले दैनिकजसो उछाल आईरहेको छ । कारोबारले पनि नयाँ फड्को मारेको छ । सेयर बजारको चर्चा अहिले चिया पसलदेखि तरकरी पसलसम्म हुन थालेको छ ।  

बुधबार २१ अर्ब ९१ करोडबराबरको कारोबार भएको बजारमा आज साताको अन्तिम कारोबार दिन २१  अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार पूँजीकरण ४३ खर्ब ७२ अर्ब पुगेको छ ।

यसरी दैनिक बजारमा उछाल आँउदा ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति बढ्न थालेको छ । हाल ब्रोकर हाउसहरुमा ३ वर्ष पछि पुनः नयाँ लगानीकर्ताहरु देखिन थालेका छन् । ब्रोकर हाउसहरुमा विगतमा जस्तै खुट्टा राख्ने ठाँउ छैन । लगानीकर्ताहरु ब्रोकर हाउस भित्रनै समूह बनाएर कारोबार गरेका भेटिन थालेका छन् । समूहपिच्छे फरक–फरक स्क्रिप्टमा लगानीकर्ताहरुले कारोबार गरिरहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज राजधानीको अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा नयाँ लगानीकर्ता राम्रै उपस्थित देखिन्थ्यो । कालिका सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४६) मा भेटिएका एक नयाँ लगानीकर्ता आफू पेशाले गोंगुबमा तरकारी ब्यापारी भएको बताए । तरकारी किन्न आउनेहरुले दैनिक सेयरका गफ गर्न थालेपछि आफूलाई पनि सेयर बजारप्रति जिज्ञासा जागेको उनले बताए। पसलमा आउने ग्राहकहरुको संगतले उनी ब्रोकर हाउससम्म आए । उनलाई सेयरको बारेमा खासै राम्रो ज्ञान छैन । उनले आफूलाई सेयर भए मात्रै पुग्ने तर कुन कम्पनीको भन्ने कुराले खासै मतलब नगर्ने बताए ।  

राजधानीकै अर्को ब्रोकर हाउस प्रिमियर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३२) मा पनि एक नयाँ महिला लगानीकर्ता भेटिइन् । उनले भक्तपुरमा चिया पसल सञ्चालन गरिरहेको बताइन् । एक दिन उनका आफन्तले उनीसँग पैसा सापटी मागे । के को लागि पैसा भनेर प्रश्न गर्दा ती आफन्तले सेयरमा लगानी गर्ने भनेर जवाफ दिएको उनले बताइन् । त्यस पछि उनलाई पनि अरुलाई पैसा दिनुभन्दा आफै सेयर किन्ने इच्छा जाग्यो । उनले यसअघि कहिलेकाही आईपीओ मात्रै भर्ने गरेकी थिइन् । अब भने उनी दोस्रो बजारमा नै लगानी गर्न ब्रोकर हाउसमा होमिएकी छन् ।  

यी अहिले राजधानीका ब्रोकर हाउसहरुमा भेटिने प्रतिनिधि पात्र मात्रै हुन् । राजधानी बाहिर मोफसलमा पनि सेयर कारोबरमा लाग्ने नयाँ लगानीकर्ताको संख्याको संख्यामा कुनै कमी छैन । एशियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) का सञ्चालक दीननाथ शर्माले बुटवलमा पनि अहिले सेयर बजारप्रति नयाँदेखि पुराना लगानीकर्ताहरुको आकर्षण निकै बढेको बताउँछन् । बुटवल आसपासका गाँउ–गाँउबाट समेत सेयर लगानीकर्ता ब्रोकर हाउस ओईरिरहेको शर्माले बताए।  

त्यसैगरि पोखरा, चितवनमा र वीरगञ्जमा पनि लगानीकर्ताहरुको संख्या उल्लेखनिय रुपमा बढेको त्यहाँ स्थित ब्रोकरहरुले बताएका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.